ताजा अपडेट »

तिलोत्तमा नगरपालिकामा नेविसंघद्वारा ताला लगाउने प्रयास, प्रहरीद्वारा हस्तक्षेप

विहीबार, १५ असोज २०७७, १४ : ४५
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तालाबन्दी गर्नका लागि गएका नेविसंघ र प्रहरीबीच बिबाद भएको छ । नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्ने क्रममा प्रहरीबीच बिबाद भएको नेविसंघ नेता सन्दिप पाण्डेले बताए ।

उनले भने ‘अन्य नगरहरुमा कम शुल्क भएपनि तिलोत्तमाले असारदेखिनै लागू हुनेगरी ७५ प्रतिशत कायम गरेको र सो को विरोधमा नगर शिक्षा शाखमा तालाबन्दी गर्ने क्रममा नगरले प्रहरी परिचालन गरी हामीलाई रोक्यो ।’ उनले जनपथ, नगर र शसस्त्र प्रहरी खटाएर प्रशासनले बल प्रयोग गरेको आरोप लगाए । नगरपालिकाले भने पूर्व सूचना तथा जानकारीबिना एक्कासी ताला लगाउन आएको हुँदा रोकिएको बताएको छ । ‘उहाँहरु नगरपालिकालाई पहिला जानकारी नगरी ताला लगाउन आउनुभयो । शिक्षा शाखा छ्ट्टै नभएको र भित्र बैठक पनि बसिरहेको हुनाले तत्काल ताला लगाउन नमिलेको हुनो एकछिन रोकिएकोहो । ’ नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।