ताजा अपडेट »

नेपालमा संक्रमण दर भारतभन्दा दोब्बर

विहीबार, १५ असोज २०७७, ०८ : २०
2 Shares

काठमाडौं । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो।

त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो।

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो।

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ। यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको छ।

अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो। अहिले ठीक उल्टो अवस्था आएको छ। नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।