ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

विहीबार, १५ असोज २०७७, ०८ : १५
14 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ४१ लाख ४७ हजार संक्रमित भैसकेका छन् । यस्तै, १० लाख १८ हजार २ सय ९ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ५४ लाख १५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९५३
ब्राजिल -९५२
रसिया -१७७
इटली -१९
पेरु -६७
स्पेन -१७७
जर्मनी -१५
भारत -११७९
बेलायत -७१
चिलि -१६
इरान -१८३
अर्जेन्टिना -४१८
पाकिस्तान -५
साउदी अरेबिया -२९
मेक्सिको -५६०
फ्रान्स -६३
टर्की -६५
बंगलादेश -३२
युक्रेन -६४
इजरायल -४१
क्यानडा -६
दक्षिण अफ्रिका -६७
कोलम्बिया -१७०
इजिप्ट -१६
डोमोसियन रिपब्लिक -४
इराक -५९
फिलिपिन्स -५८
इन्डोनेसिया -१३९
रोमानिया -३३
बोलिभिया -३१
बेल्जियम -१४
होन्डुरस -२२
ग्वाटेमाला -८
स्विडेन -५
युएई -३
कुबेत -३
नेदरल्याण्ड- १३
जापान -७
बेलारुस -५
पानामा -८
पोर्चुगल -८
बहराइन -५
अर्मेनिया -१
अजरबैजान- १
पाराग्वे -१६
अल्जेरिया -१०
उव्जेकिस्तान -४
स्विजरल्याण्ड -५
नाइजेरिया -१
माल्दोभा -१०
नेपाल -७
कोस्टा रिका -२४
इथियोपिया -७
अस्ट्रिया -३
केन्या -५
आयरल्याण्ड- १
पोल्याण्ड -३०
मोरक्को -४२
चेक्भिया -१९
प्यालेस्टाइन- ५
लिबिया -११
एल साल्भाडोर- ४
अस्ट्रेलिया- ४
लेबनान -६
बोस्निया -१३
दक्षिण कोरिया -६
हंगेरी -८
बुल्गेरिया -१२
ग्रिस -३
क्रोएसिया -५
मडागास्कर- १
ट्युनिसिया -१९
नर्थ मेसोडोनिया -२
अल्वानिया -३
सेनेगल -१
म्यानमार -२६
मोन्टेग्रो -५
जोर्डन -४
मलेसिया -२
स्लोभाकिया -३
ताजिकिस्तान- १
हाइटी -२
मोजाम्बिक्यू -२
जमैका -६
जर्जिया- ३
काबो भेर्डे- १
ग्वाडेल्यौपा -१५
इस्वातिनि -१
अंगोला -४
सिरिया -३
उर्बा -१
रियुनियन -२
मोयन्टे -२
माल्टा -१
गुयना -२
बेनिन -१
बेलिज -२
लोसेथो -१
मार्टिनिक्यू- १
टर्कस् एण्ड क्यासोस -१
बहमास -४

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।