ताजा अपडेट »

रुपन्देहीमा थपिए ४२ संक्रमित, कुन पालिकामा कति ?

आइतबार, ११ असोज २०७७, १९ : १७
6 Shares

बुटवल । रुपन्देहीमा आइतबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १७ जना महिला र २५ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ४५४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकामा २३ जना, तिलोत्तमा नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, सैनामना नगरपालिकामा ३ जना, देवदह नगरपालिका, आमसतिया गाउँपालिकामा, कन्चन गाउँपालिका र मायादेवी गाउँपालिकामा १÷१ जना संक्रमित थपिएका छन् ।    रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ७६३ जना संक्रमित निको भएका छन भने ६७०  जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।