ताजा अपडेट »

तस्विरमा लकडाउन पछिको लुम्बिनी

आइतबार, ११ असोज २०७७, १९ : ००
6 Shares

शान्तिका अग्रदूत, एशियाका प्रकाश भगवान गौतम बुद्धको जन्मस्थल हो, लुम्बिनी । यहाँ बौद्ध धर्मावलम्वी र अनुयायी तीर्थाटन आउँछन्, शान्ति र सद्भावको ऊर्जा लिन्छन् । लुम्बिनीलाई विश्व शान्तिको मुहान, शान्तिप्रेमीको पहिलो रोजाई लगाएतका उपनाम दिएर पनि चिन्ने गरिन्छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा अहिले लुम्बिनी लगाएत आसपासका क्षेत्रहरु सुनसान बन्न पुगेका छन् । अरुबेला पर्यटकको ओइरो लाग्ने लुम्बिनीमा कोरोनाको त्रासले सबै गेटहरु बन्द गरिएको छ । लुम्बिनीमा रहेको मायादेवी मन्दिरको प्रवेशद्वार, विहार, गुम्बा र स्तुप बन्द पूर्ण रुपले बन्द गरिएको छ भने पर्यटकीय आकर्षणका क्षेत्र केन्द्रीय नहर, शान्तिद्वीप, साउथ पोन्ड र सर्कुलर लेभीमा पनि प्रवेश निषेध गरिएको छ । जस्ले गर्दा लुम्बिनी सुनसान छन् ।

तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा लकडाउनले गर्दा भिड्भाड र उद्योग धन्दा चल्न नपाउँदा यहाँ प्रदुषण हुन पाएको छैन् । फोहोरमैला छैन । फूलहरु ढकमक्क फुलेका छन् । हरियो दुबोले झन् आर्कषण थपिएका छ । सफा र सुन्दर लुम्बिनीका केही तस्वीरहरु हेरौं ।

तस्वीर : लुम्बिनी स्मार्ट सिटीको पेजबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।