१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले पार्टीको आगामी महाधिवेशनलाई केन्द्रित गर्दै सदस्यता अभिलेखीकरण र नवीकरणको कार्ययोजना तयार गरेको छ । नेकपा रुपन्देही जिल्ला कमिटी कार्यालयको आइतबार बसेको बैठकले महाधिवेशन केन्द्रित कार्ययोजना तय गरेको हो । बैठकले सुरक्षा सतर्कतालाई ध्यान दिंदै तत्काल स्थानीय कमिटीहरुको बैठक आयोजना गरी कार्ययोजना अगाडि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।

बैठकपछि प्रवक्ता चापागाईंद्वारा जारी विज्ञप्तीमा पार्टीको महाधिवेशन आगामी चैतमा हुने भएकाले प्रत्येक पार्टी सदस्यको अधिकार सुनिश्चित गर्न सदस्यता अभिलेखीकरण र नवीकरणको कार्ययोजना बनाइएको उल्लेख छ । त्यस्तै बैठकले महामारी र प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिमा दुःख प्रकट गर्दै उद्धार, राहत र व्यवस्थापनमा सम्पूर्ण पार्टीपङ्क्तिलाई परिचालित हुन निर्देशन समेत दिएको छ भने आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरीले पार्टी केन्द्र र प्रदेशका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि सम्पूर्ण पार्टी कमिटीसहित नेता कार्यकर्तालाई क्रियाशिल बनाउन निर्देशन दिएका थिए ।

पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज दधिराम न्यौपाने, प्रदेश कमिटीका कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी कार्यालय सदस्य गोपाल भट्टराई, प्रदेश कमिटी सदस्य कृष्ण न्यौपाने, जिल्ला सचिव नारायणबहादुर जिसीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान