ताजा अपडेट »

वर्षाबाट प्रभावित उद्योगहरुमा अनुगमन, राहत उपलब्ध गराउन माग

आइतबार, ११ असोज २०७७, १६ : ५२
2 Shares

बुटवल । केही दिन अघिको अविरल वर्षाले रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित उद्योगहरुमा क्षति पुर्याएको छ । वर्षाका कारण उद्योगहरुले खेप्नु परेको क्षति बारे अध्ययन गर्न र उद्योगहरुको स्थलगत निरीक्षण गर्न रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले आइतबार सेमलारमा अवस्थित घिमिरे फर्निचर उद्योग र तिलोतमा नगरपालिका मणिग्राम स्थित ४ नम्बरमा संचालित कुमार फर्निचर उद्योगको निरीक्षण गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको संघको पदाधिकारी टोलीले प्रभावित उद्योग र उद्योगीहरुसँग भेट गरी वर्षाले उद्योगमा पुर्याएको क्षति सम्बन्धमा छलफल समेत गरेको थियो । उद्योगहरुको समस्याप्रति संघले दुःख व्यक्त गर्दै उचित क्षतिपूर्ति र राहातका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएको छ । अवलोकनका क्रममा उद्योगमा पुगेको टोलीले उद्योगको अवस्था, पछिल्लो समयमा कोरोनाले पारेको प्रभाव तथा उद्योग उत्पादन र त्यसको बजार लगायतका विषयमा समेत जानकारी लिएको छ । कार्यवाहाक अध्यक्ष पौडेलले उद्योग सञ्चालनका क्रममा नीतिगत तथा व्यवहारिक रुपमा भोग्नु परेका समस्या बारेमा संघमा लिखित जानकारी गराउन आग्रह गरेका छन् ।

अनुगमन टोलीमा संघका द्वितीय उपाध्यक्ष कृष्ण पराजुली, महासचिव जीवकान्त काफ्ले, कोषाध्यक्ष हरीबहादुर खत्री, महिला सचिव माया खनाल, सहकोषाध्यक्ष गिरीराज गैरे राजु, कार्यसमित सदस्य लालहरी पाण्डे तथा संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सहभागिता रहेको थियो । संघले जिल्लामा रहेका उद्योगहरुको स्थलगत भ्रमण गरी त्यहाँका समस्या तथा अवस्थाहरुको जानकारी लिंदै संघले निभाउने भूमिकाका बारेमा योजना वनाउन वार्षिक कार्यक्रम अन्तरगत सो भ्रमण गरिएको संघका महासचिव जिवकान्त काफ्लेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।