ताजा अपडेट »

जुम्लाको विमानस्थल विस्तार गरिने

आइतबार, ११ असोज २०७७, १६ : १२
10 Shares

जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।  

उनले भने, “विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।”

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि रु एक करोड बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।  चालू आवमा खर्चतर्फ  कार्यालय सञ्चालनका लागि रु २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।