ताजा अपडेट »

सैनामैनाका एक व्यक्ति पाल्पामा मृत फेला

आइतबार, ११ असोज २०७७, १४ : ४८
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनाका कृष्ण बहादुर थापा मृत अवस्थामा फेला परेका छन्। सैनामैना नगरपालिका–४ का ५७ वर्षीय थापा आइतबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–१ झिगामारको जंगलमा मृत फेला परेको वडा सदस्य अमर बहादुर तरामुले जानकारी दिए ।

गत साउन ६ गतेदेखि सम्पर्कबिहिन थापा मानसिक रोगी भएको पारिवारीक स्रोतले जनाएको छ । ‘थापा ६ गतेदेखि हराएको र परिवारका सदस्यले दिएको हुलिया मिलेकाले छ, वडा सदस्य तरामुले भने घटना स्थलमा प्रहरी आइसकेको छैन । ’ बाख्रा चराउनका लागि जंगलमा गएका स्थानीयहरुले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय दोभानको टोली घटनास्थल तर्फ जाँदै गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।