ताजा अपडेट »

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

आइतबार, ११ असोज २०७७, १२ : ५६
6 Shares

बुटवल । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमणको पुष्टि भएको छ । सांसद श्रेष्ठले कोरोना परीक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए । स्वाब परीक्षणमा आज उनको रिर्पोट पोजेटिभ आएको हो । उनी होम आइसोलेसनमा बसेको बताएका छन् ।

लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहेर पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् । यसअघि पनि कांग्रेसका महामन्त्री शशांक कोइराला, सांसद तथा उद्योगी विनोद चौधरीलाई पनि संक्रमण भएको थियो । अहिले उनीहरु उपचारपछि निको भइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।