ताजा अपडेट »

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै भिक्टोरियाकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

आइतबार, ११ असोज २०७७, १२ : ३१

काठमाडौँ । अस्ट्रेलियको भिक्टोरिया राज्यका स्वास्थ्यमन्त्री जेनी मिकाकोसले राजीनामा दिएकी छन् । पछिल्ला दिनहरुमा सो राज्यमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै स्वास्थ्यमन्त्रीले नैतिकताको आधारमा राजिनामाको घोषणा गरेकी हुन् ।

विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ । आइतबारसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या १७ रहेको छ ।

महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ । यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु सङ्ख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९.८ प्रतिशत व्यक्तिको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।