१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौं । एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले कानून बनाउन आदेश जारी गरेको हो ।

Advertisement

नयाँ कानूनले आफ्नो दायरालाई फराकिलो बनाएर अग्निजन्य हिंसालाई पनि समेट्नुपर्ने मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले माग गरेका छन् । “एसिडजन्य घटना जस्तै अग्निजन्य हिंसा पनि अमानवीय र जघन्य अपराध हो । एसिडजन्य घटना जस्तै अग्निजन्य हिंसा प्रभावितको जलनको पीडा, यसको उपचार पद्धति, उसको आत्मसम्मान तथा आत्मविश्वासमा पर्ने चोट, सामाजिक तिरस्कार, मानसिक पीडा उस्तै प्रकृतिको हुने भएकाले कानूनले एसिडजन्य घटनासँगै अग्निजन्य हिंसालाई पनि सम्बोधन गर्नुपर्छ”, उनले भने ।

वर्तमान कानूनले एसिड आक्रमणका पीडकलाई भूतप्रवाभी रूपमा दण्ड सजाय गर्न नसकेकाले कानूनले पहिले भइसकेका घटनाका एसिड पीडितलाई समेत उपचार सुविधा, राहत र पर्याप्त क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गर्नुपर्ने मञ्चको माग छ । अनुहार र शरीरमा भएको पीडाअनुसार फरक सजायको व्यवस्थालाई हटाई शरीरको जुनसुकै भागमा चोट लागे पनि कसुरदारको उद्देश्य अनुहारमा पीडा पार्ने भएकाले अनुहार र शरीर भनी नछुट्याई सजायमा एकरूपता दिन कानून व्यवसायीको माग छ ।

सरकारी तथा निजी अस्पतालमा तत्काल अनिवार्यरूपमा ‘बर्न युनिट’ स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाउनपर्छ । त्यसका लागि सबै प्रदेश तहमा बर्न युनिटसहितको अस्पतालको व्यवस्था गर्ने र सम्भव भएसम्म ग्रामीण भेगका स्वास्थ्य चौकीमा पनि यस्तो सेवा विस्तार हुनुपर्नेमा अधिवक्ता श्रेष्ठले ध्यानाकर्षण गराएका छन् ।

मन्त्रिपरिषद्ले गत साता तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ र फौजदारी कानून तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान