ताजा अपडेट »

दुई सातादेखि दशगजा क्षेत्र डुबान, सुरक्षामा चूनौती

शनिबार, १० असोज २०७७, २२ : ०२
4 Shares

परासी । पश्चिम नवलपरासीको सरावल –७ गणेशपुर गाउँदेखि दक्षिणतर्फ नेपाली किसानहरुको करिब ८० बिगाहा पाक्नै लागेको धान खेतमा करिब पाँच फिट जति पानी हुँदा नेपाल–भारतबीच रहेको दशगजा कहाँ छ भनेर नचिनिने अवस्था आएको सिमानामा खटिएका सुरक्षाकर्मीले बताएका छन्।
करिब १५ दिनदेखि डुबान भइरहेको हुँदा आफ्नो सुरक्षा सामग्री लिएर गणेशपुर गाउँमै बसेर सिमा सुरक्षा खटिएको सस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर रिजनले वताए। उनले जलमग्न भएको पानीमा आधा डुवेको आफ्नो अस्थायी क्याम्प देखाउँदै दशगजा क्षेत्र देखाएका थिए। यसरी अविरल वर्षाका कारण पश्चिम नवलपरासीका अस्थायी क्याम्पसहरू डुबानमा परेपछि नजिकै रहेका गाउँबस्तीमा बस्नुपरेको र खान तथा बस्न समेत समस्यामा परेको सहायक हवल्दार रिजनले दुःखेसो गरे।

कोभिड –१९रोकथामका लागि सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार दोर्णबहादुर शाहीले बाढीका कारण सिमानामा हुने चोरी निकासी नियन्त्रणमा चूूनौती बढेको बताए। यतिबेला धेरै स्थानमा पानी भरिएको हुनाले अस्थायी क्याम्पहरू हेरेर मात्र दशगजा क्षेत्र छुट्याउन सक्ने अवस्था रहेको बताए । यस्तो अवस्थामा करिब एक महिना सिमानामा अवस्थित अस्थायी क्याम्पहरूमा बसेर सीमा सुरक्षा गर्न कठिनाई हुने बरिष्ठ हवल्दार शाहीले बताए। यसरी आफ्नो कमाण्डमा रहेका ६ जना सुरक्षाकर्मी बाढी प्रभावित हुँदा स्वस्थ पानी, खानबस्न र बिषालु सर्पको समेत जोखिममा रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।