ताजा अपडेट »

दाङमा १ लाखसहित १३ जुवाडे पक्राउ

शनिबार, १० असोज २०७७, २० : १०
12 Shares


तुलसीपुर, १० असोज । तुलसीपुरमा नगद सहित १३ जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शनिवार बेलुकी साढे पाँच बजे जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो ।

तुलसीपुर ६ स्थित भुयारथान बस्ने कुमार सुनारको घरबाट उनीहरुलाई नगद ९८ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरेकोईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी शिव बहादुर सिंहले जानकारीदिएका छन् । पक्राउ पर्नेहरुमा सोहि ठाउँका २८ बर्षिय रोसन बुढाथोकी,४३ बर्षिय भरत बि.क,२८ बर्षिय हेमन्त शाही,२८ बर्षिय सुशिल वली,४२ बर्षिय कुमार सुनार, ३३ बर्षिय ओम बहादुर बुढामगर, वडा नम्वर ७ बस्ने ३६ बर्षिय प्रेम बहादुर सुनार, वडा नम्वर ८ बस्ने ३९ बर्षिय टंक बहादुर सुनार, घोराही उपमहानगरपालिका १३ बस्ने ३३ बर्षिय माल बहादुर वली, सोहि उपमहानगरपालिका वडा नम्वर १० बस्ने २८ बर्षिय केशव डांगी ,वडा नम्वर ११ बस्ने २६ बर्षिय अर्जुन पुन ,बाँके कोहलपुर नगरपालिका १० बस्ने ६० बर्षिय धर्मराज बुढाथोकी र सोहि नगरपालिका ८ बस्ने ४० बर्षिय दिपक वली रहेका छन् ।

उनीहरुको साथबाट नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको ३ गड्डी तास बरामद गरेको प्रहरी नायव उपरिक्षक सिंहले जानकारी दिएका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।