ताजा अपडेट »

उपचारका लागि सहयोग लिएर घरमै पुग्यो ग्रिनसिटी

शनिबार, १० असोज २०७७, १९ : ५०
14 Shares

परासी । आँपको रुखबाट खसेर गम्भीर घाईते भएका रामग्राम नगरपालिका वडा नम्बर १७ का छोटु सहानिको उपचारार्थ सहयोग रकम लिएर भैरहवाको एक सामाजिक संस्था घरमै पुगेको छ ।रातभर परेको अबिरल बर्षाको कारण बिग्रेको सडक पार गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिका अध्यक्ष शिवनाथ गुप्ताको टिम छोटुको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिँदै तथा नगद रु ५१ हजार रकम सहयोग समेत गरेको छ ।


खपडाले छाएको एक कोठे घरको भित्र पट्टि आर्थिक अभाबको कारण उपचार अधुरो हुदा छटपटाईरहेका छोटुलाई भेट्दै लायन्स क्लब अफ ३२५ बि २ स्ट्राजेडिक चिफ महेश चन्द्र थापाले भने ‘हामी सेवा गर्ने उद्श्यले ग्रिनसिटिको नेतृत्वमा भैरहवादेखि यहाँ आएका हौ । छोटुको थप उपचार कहाँ हुन सक्छ त्यो बुझेर थप सहयोग गर्न पनि तयार छौ । थापाले हामी सेवा गर्छौ भन्ने मुख्य अभियानका साथ लायन्स अभियान सन्चालित भएको बताउदै समाजका हरेक क्षेत्रमा आईपर्ने मानविय समस्या निराकरण गर्न आफुहरुले सक्दो सहयोग गरिरहेको बताए । सो अवसरमा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवरले स्थानिय सरकारले पनि छोटुको उपचारमा सहयोग गर्ने बताईन् । उनले भनिन ‘लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले सहयोग गरेर ठुलो पुन्य कमाएको छ । हामी रामग्राम नगरपालिकाको तर्फबाट पनि छोटुको थप उपचारमा आवश्यक सहयोग गर्न तयार छौ ।’

गत जेठ महिनामा आफ्नै घर नजिकैको आँपको रुख चढेको समयमा उनी रुखबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचार युसिएमएस भैरहवामा भएको थियो । उपचारको क्रममा उनको थप चिकित्सिय उपचार नभई अब उप्रान्त फिजियोथेरापि नियमित गर्नुपर्ने बताईएको छ । छोटुको थप उपचार काभ्रेको पुनर्सथापना केन्द्र तथा उपचार केन्द्र र काठमाडौंको न्युरो अस्पतालहरुमा मात्रै संभब रहेको बताईएको छ । टाउकोमा गम्भीर चोटको कारण उनी दिशा पिसाब, खानपिन पनि आफै गर्न सक्दैनन । रकम अभाबले गर्दा उनी थप उपचारकोलागि काठमान्डू जान नसकेको परिवारले बताएका छन ।

घरमै पुगेर सहयोग गर्न पाउँदा आफुहरुलाइ अत्यनतै खुसि अनुभुत भएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । उनले भने‘क्लबका सदस्यहरुबाट उठेको रकम छोटुको घरमै आएर उनको परिवारलाई भेटि हस्तान्तरण गर्दा खुसि लागेको छ । उनको थप उपचारमा ढिलाई नहोस् भनी सरोकारवालासंग पनि समन्वय गरिरहेका छौ ।’

क्लबका द्वितीय उपाध्यक्ष नरेश के सीको संयोजन तथा सचिब भिम बहादुर थापाको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रपाद आचार्य, रामग्राम महिला जेसिसकि पुर्व अध्यक्ष प्रभा ज्ञवालि, बुटवल लेडि जेसिसकि पुर्व अध्यक्ष लक्ष्मि थापा लगायतका क्लबका सदस्यहरुको सहभागिता रहेको थियो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।