ताजा अपडेट »

प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना संक्रमण

शनिबार, १० असोज २०७७, १६ : ५८
6 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण देखिएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी डा. शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

हाल उनी होम आइसोलेसनमा रहेकी छन् । आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सर्तक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत उनले आग्रह गरेकी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।