१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

नयाँदिल्ली । भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ । तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको छ ।

अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन् ।निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान शुरु गरिने जानकारी दिए ।

कोरोनाबाट र विद्रोही समूहहरुबाट बढी प्रभावित क्षेत्रहरुमा भने केही समय थपघट गर्न सकिने पनि उनले स्पष्ट पारे । कोरोनाभाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेलामा बिहारमा निर्वाचन हुन लागेको हो ।

विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कतासहितको मापदण्डहरु तय गरिएको आयोगले जनाएको छ । पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन् । त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरु चयन हुनेछन् ।

आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ । यी सामग्रीहरुको प्रयोग बाहेक सामाजिक दुरी कामय गर्ने, भिडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ । – पिटिआई

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने