१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

Advertisement

सो विज्ञप्तिका अनुसार उनीहरुबीच शुक्रबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका थिए । सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएका थिए । प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गरेको सो विज्ञिप्तमा जनाइएको छ ।

साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राखेको पनि सो विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड १९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गरेको बताइएको छ । त्यस फोनवार्तामा उनीहरुबीच कोभिड-१९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरेका थिए । सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित