ताजा अपडेट »

बुटवल-पाल्पा सडकको विभिन्न ठाउँमा पहिरो, सुचारु हुन दिनभर लाग्ने

शनिबार, १० असोज २०७७, १० : ३२
4 Shares

बुटवल । गएरातीको वर्षाले पहिरो झरेपछि अवरुद्ध बुटवल–पाल्पा सडक खुलाउन आज दिनभर लाग्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा क्षेत्र, झुम्साको सिसुवा, डुम्रेको गौडे पुल नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ ।

यस बाहेक अन्य विभिन्न ठाउँहरुमा समेत स–साना पहिरोले अवरुद्ध सडक खुलाउनका लागि आज विहानै देखि काम सुरु भएको छ । प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार सिद्धबाबा क्षेत्रमा पहिरो सफाइका लागि बुटवलदेखि डोजर गइसकेको छ भने झुम्साको सिसुवामा झरेको पहिरो हटाउन दोभानमा राखिएको डोजरले काम गर्दै छ । यसैगरी पाल्पाको डुम्रेमा झरेको पहिरो हटाउन सडक डिभिजन कार्यालय पाल्पाको जोडर आएको छ ।

बाटो सुचारु हुन आज दिन भर लाग्न सक्ने प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश अन्तरगतका अन्य सडकहरु भने सुचारु रहेको ट्राफिक प्रहरीले जानकारी गराएको छ । पश्चिम नवलपरासीको दाउन्नेमा हिजैदेखि एकतर्फी बाटो सुचारु रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।