ताजा अपडेट »

तिनाउ नदिमा आएको बाढीले बुटवल क्षेत्रमा २ घर बगायो

शनिबार, १० असोज २०७७, ०९ : ३४
2 Shares

बुटवल । तिनाउ नदिमा आएको बाढीले शनिबार बिहान बुटवल क्षेत्रमा २ घर बगाएको छ।

नदिमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा उमेश हरीजनको २ कोठे ब्लक र जस्ताले बनाएको घर र पुरुषोत्तम पुरीको २कोठे ब्लक र जस्ताले बनाएको घर मध्ये १ कोठा बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

बाढीले घर बगाए पनि मानविय क्षेति नभएको उनले बताए । बाढीले बिहिवार सोही ठाउँका प्रेम कुमारी खाम्चाको ४ कोठे बलक जडान भएको टिनले छाएको घर बगाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।