ताजा अपडेट »

गयरातीको भीषण वर्षाले रुपन्देहीका विभिन्न स्थानमा क्षति

शनिबार, १० असोज २०७७, ०८ : ४६
6 Shares

बुटवल । गयरातीको भीषण वर्षाले रुपन्देहीका विभिन्न स्थानमा क्षति पुराएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालीका, देवदह तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिका लगाएत जिल्लाका विभिन्न स्थानमा बस्तीहरु डुबानमा परेका छन् भने केही घर बाढीले बगाएको छ।

तिलोत्तमा नगरपालीकामा बाढीले तीन वटा घर बगाएको छ । राती ३ बजे तिलोततमा नगरपालिका-११ गणेशनगरक धन बहादुर सार्कीको टिनले छाएको कच्ची घर र बुङगुरको खोर बगाएको छ भने सोही ठाउँका रघुबिर दमाईको टिनले छाएको कच्ची घर र मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको बगाएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजन को एक तले एक कोठे खरले छाएको कच्ची घर अबिरल बर्षाका कारण भत्किन जाँदा २६ वर्षकी कुसुम हरीजनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै देवदह नगरपालिका-१० रम्बादेवीटोल स्थितमा चरंगे खोलाको किनार रहेका एक घर बाढीले बगाएको प्रहरीले जनाएको छ भने वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षती पुराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।