ताजा अपडेट »

बुटवलको तिनाउ नदीले खतराको तह पार गर्यो, डुबानको खतरा

शनिबार, १० असोज २०७७, ०० : १८
16 Shares

बुटवल । रुपन्देहीको तिनाउ नदीमा बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा जलसतहले बाढीको तह पार गरेकोले आसपासमा डुबान हुन सक्ने खतरा भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुटवलमा लगाएत आसपासका क्षेत्रहरुमा अहिले पनि भीषण वर्षा भईरहेको छ ।

तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । शुक्रबार राती ९:२० सम्मको रेकर्डअनुसार तिनाउको जलसतह ६.५९२ मिटर पुगेको छ । २/३ देखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले अतुलनिय क्षती पुराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।