ताजा अपडेट »

रुपन्देहीमा थपिए ६३ कोरोना संक्रमित, कुन पालिकामा कति ?

शुक्रबार, ०९ असोज २०७७, १८ : १७
4 Shares

बुटवल । रुपन्देहीमा शुक्रबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २३ जना महिला र ४० जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ३४५ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ३९, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ६÷६ जना, देवदह नगरपालिकामा २ जना र मचर्वारी गाउँपालिकामा १ जना संक्रमित संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ६११ जना संक्रमित निको भएका छन भने ७१३ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।