ताजा अपडेट »

तीन दिनसम्मको वर्षाले तिनाउका आधा दर्जन घर-परिवार विस्थापित

शुक्रबार, ०९ असोज २०७७, १७ : ५२
6 Shares

तिनाउ । मँगलबारदेखि लगातर ३ दिनसम्म परेको वर्षाले पाल्पाको तिनाउमा ६ घर परिवार विस्थापित भएका छन् । विहिबारसम्म परेको वर्षाले तिनाउका वडानम्बर २ को हरियाली गाउँमा २ घर परिवार विस्तापित भएका छन् भने वडा नम्बर ३ मा ४ घर परिवार विस्थापित भएको तिनाउका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

विहिबार साँझ वडा नम्बर २ मा घर भत्किएको खबर आएसँगै इलाका प्रहरी कार्यालय दोभानको टोलीसहित स्थलगत अनुगमनमा पुगेका श्रेष्ठले पिडितहरुलाई गाउँपालिकाले राहत उपलब्ध गराउने जानकारी गराए । नगरपालिकाले दैविक प्रकोप तथा उद्धार कोषबाट पूर्ण रुपमा घर भत्किएका घर परिवारलाई क्षतिपुर्ति स्वरुप २० हजार रकम उपलब्ध गराउने तथा आंसिक क्षति भएकाहरुलाई १० हजार राहत रकम उपलब्ध गराइने बताए ।

यसैगरी गोठमा पूर्ण क्षति भएकाहरुलाई १० हजार तथा आंसिक क्षति भएको अवस्थामा ५ हजार रकम राहत स्वरुप उपलब्ध गराइने बताए । गाउँपालिकाले तत्कालका लागि पिडितहरुलाई त्रिपाल तथा लत्ताकपडा उपलब्ध गराउने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।