ताजा अपडेट »

तिनाउ नदिमा खसेर घाइते, प्रहरीद्वारा उद्धार

शुक्रबार, ०९ असोज २०७७, १७ : ४४
8 Shares

बुटवल । तिनाउ नदिमा खसेर एक व्यक्ति घाइते भएका छन् । तिलोत्तमा नगरपालीका–गोरकट्टा स्थित तिनाउ नदिमा बन्दै गरेको पुलबाट अचानक खस्दा पर्वत घर भई हाल तिलोत्तमा ४ शितलकुञ्जमा डेरा गरी बस्ने ४४ वर्षीय टंक प्रसाद पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शुक्रबार बिहान अचानक खसेका पौडेल १४ मिटर तल बन्दै गरेको पिल्लरमा अट्किएका थिए । उनको तत्काल प्रहरीले उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाएको थियो । उनको टाउकोमा चोट लागेको छ भने थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।