ताजा अपडेट »

विराट कोहलीलाई १२ लाख भारु जरिवाना

शुक्रबार, ०९ असोज २०७७, १६ : २३
8 Shares

नयाँ दिल्ली । आईपीएल टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ । बिहीबार राति भएको खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध 'स्लो ओभर' गरेको भन्दै आयोजकले १२ लाख भारु जरिवाना तिराएको हो ।

पन्जाबविरुद्ध फिल्डिङमा रहेका कोहलीले पन्जाबका कप्तान केएल राहुलले प्रहार गरेको दुई बल क्याच छाडेका थिए । राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहँदा कोलहीले क्याच मिस गरेका थिए। सो खेल पन्जाबले ९७ रनले जितेको थियो ।

आइपिएलका अनुसार 'न्यूनतम ओभर गति' उल्लङघन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो । राहुलले सो खेलमा ६९ बलमा ७ छक्का र १४ चौकाको सहयोगमा १३२ रन बनाएका थिए । जुन यस सिजनकै पहिलो शतक हो । पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।