ताजा अपडेट »

खोलामा नवजात शिशुको शव

शुक्रबार, ०९ असोज २०७७, १६ : ०९
6 Shares

कर्णाली । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए । “शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उनले भने, “कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।” प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।