ताजा अपडेट »

पहिरोले अर्घाखाँचीका २१ घर भासिए

शुक्रबार, ०९ असोज २०७७, १५ : २६
2 Shares

बुटवल । अर्घाखाँचीको शितगंगामा पहिरोले करिब २१ घरगोठ भासिएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार शितगंगा नगरपालिकाको वडा नंं. १२ का करिब २१/२२ घर गोठ भासिएका हुन् ।

पहिरो ग्रस्त क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।