१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न दुई पत्रकारलाई दिने निर्णय गरेको छ ।

Advertisement

स्वतन्त्र पत्रकारिताका माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशन तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनाका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु दश लाखको उक्त पुरस्कार छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्राकुरा डट कम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई दिने निर्णय भएको छ । प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त अवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही रु पाँचपाँच लाखका दरले वितरण गरिने

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिए । उक्त पुरस्कार इञ्जिनीयर रोटेरियन सुरेन्द्रगोविन्द जोशीले आफू र आफ्नी श्रीमती बद्रीलक्ष्मीका नाममा स्थापना गर्नुभएको हो । इ जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एकएक गरी सात उत्कृष्ट पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार छ ।

रोटरी वर्ष २०१९–२० मा सो अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडाैँ, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौँ, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह (न्यूजकारोवार डटकम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौँ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौँले पाएका छन ।

यसैगरी प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडाैँ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह
(कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरिन्युज डटकट कैलालीलाई वितरण गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी