२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे/नगरेको जस्ता विषयमा अनुगमन थालिएको हो । बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै जारी रहने जनाइएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाई गरी छाडिएको तर आगामी दिनमा दोहोरिएमा कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनले कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा अस्थायी जाँचचौकी राखी सवारी साधनको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए ।

भाडाका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ । यातायात व्यवसायी तथा सञ्चालकलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारी साधन चलाउन, सवारीमा यात्रु कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न भनिसकेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने