ताजा अपडेट »

रुपन्देहीमा थपिए ८२ संक्रमित, कुन पालिकामा कति ?

विहीबार, ०८ असोज २०७७, १७ : ४५
4 Shares

बुटवल । रुपन्देहीमा बुधबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २३ जना महिला र ५९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार २८२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकामा ४२, तिलोत्तमा नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सौनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ३ जना, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ५३१ जना संक्रमित निको भएका छन भने ७०० जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।