ताजा अपडेट »

चलचित्र बाहिरपनि सक्रिय हमाल (तस्विरसहित)

विहीबार, ०८ असोज २०७७, १९ : ३०
4 Shares

बुटवल । राजेश हमाल नेपाली चलचित्र क्षेत्रका कलाकारहरु मध्ये सम्भवतः धेरै सुनिने नाम हो । २ दशक अगाडिदेखि करिब २ सय चलचित्रमा अभिनय गरेका उनलाई नेपाली चलचित्र क्षेत्रका महानायक पनि भनिन्छ । यसै विषयमा केहि समय अघि उनको निकै चर्चा परिचर्चा पनि भयो । उमेरले ५ दशक नाघेका हमाल ढिलो विवाह गरेका कारण पनि चर्चामा रहेका थिए ।

विगत केहि वर्षयता चलचित्रको मुख्य भूमिका नायकबाट निष्क्रिय बनेका उनी हालका पनि निकै चर्चित सेलिब्रेटी हुन् । टेलिभिजन शोदेखि विभिन्न विज्ञापनमार्फत निरन्तर चर्चामा आउने हमाल पछिल्लो समयमा पनि फरक विषयमा चर्चामा छन् । हालै मात्रै उनले एक सय बढी चलचित्र क्षेत्रका प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका उनलाई उदाहरणीय सेवा गरेको भन्दै धेरैले प्रशंसा गरेका छन् ।

त्यसै गरी उनले पछिल्लो समय टेलिभिजन कार्यक्रम जातको प्रश्न सञ्चालन गर्दै छन् । यसै क्रममा हामीले उनका पछिल्ला गतिविधिसँगै उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका १० तस्विरहरु यहाँ प्रकाशन गरेका छौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।