ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

विहीबार, ०८ असोज २०७७, १६ : ४८
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२.७ प्रतिशत संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।