ताजा अपडेट »

१४९७ जनामा कोरोना संक्रमण, ४५७ संक्रमित डिस्चार्ज

विहीबार, ०८ असोज २०७७, १६ : २७
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १४९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १४९७ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशभरका विभिन्न प्रयोशालामा गरी ११ हजार ४५९ जनामा गरिएको पिसिआर परीक्षणका क्रमा उनीहरुमा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४५७ जना रहेका छन् भने कुल निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । यस्तै कोरोनाबाट थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।