१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

संयुक्त राष्ट्रसंघ । मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्वोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो दिन साउदी राजा सलमान विन अब्दुलाजीज अल साउदले बुधबार महासभामा गरेको पहिलो सम्वोधनमा चरमपन्थ, अराजक शक्ति र समूहका कारण यस क्षेत्रमा असुरक्षा बढेको बताए ।

Advertisement

कोभिड–१९ महामारीका कारण ‘भर्चुअल’ सम्मेलनमा सम्वोधन गर्दै उनले भने, “यदि हामी आतंकवादबिरूद्धको लडाईमा विजयी हुन चाहन्छौं भने हामी अन्तर्राष्ट्रिय चरमपन्थी सोचलाई बढावा दिने देशहरूको अगाडि दृढ भएर उभिनै पर्छ, जुन उनीहरूको चरमपन्थी, अराजक र विनाशकारी प्रकृति लुकाउन झूटा राजनैतिक नारामा भर पर्छन् ।”

इरानमाथिको प्रतिबन्धको विरोध गर्न महासभालाई इरानी राष्ट्रपति हसन रौहानीले प्रयोग गरे । उनले भने, “विश्व इतिहासमा सबैभन्दा कडा प्रतिबन्धहरू इरानमाथि लगाइएको र यो संयुक्त राष्ट्र संघ बडापत्र र अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन हो ।”

लेबनानका राष्ट्रपति मिशेल आउनले महासभामा मुख्यतः अगस्ट ४ मा भएको शक्तिशाली विष्फोट पछि बेरूतको पुनर्निर्माण गर्न विश्व समुदायसमक्ष सहयोगको याचना गरे । महासभामा पुनःनिर्माणको खाका प्रस्तुत गर्दै उनले भने, “पुनः निर्माणको सहयोग पु¥याउने एउटा विकल्प भनेको ‘विनाश भएको क्षेत्रलाई विभिन्न भौगोलिक क्षेत्रमा विभाजन गरी प्रत्येक देशलाई एउटा विशेष क्षेत्रमा आवद्ध गर्ने र पुनः निर्माण कार्य अघि बढाउन सकिने बताए ।

उनले विश्व बैंकले विष्फोटनबाट करीव ३.५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति र ४.५ अर्ब बराबरको भौतिक संरचना भएको क्षतिको अनुमान गरेको भन्दै अति आवश्यक तथा तत्काल निर्माण गर्नुपर्ने संरचनाका लागि झन्डै २ अर्ब डलरको आवश्यक रहेको पनि उक्त अवसरमा बताए । लेवनानी राष्ट्रपतिले भने, “सबै लेबनानी जनताको ऐक्यबद्धता र विश्व समुदायको सहयोगका बेरुतले राहत पाउने र शिर उठाउनेछ ।”

यसैगरी मंगलबारको सम्वोधनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले भने, “मध्यपूर्वको असुरक्षाले विश्व शान्ति र स्थायित्वलाई प्रभावित पार्ने बताउँदै क्षेत्रीय शान्ति र स्थायित्वका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावनामा आधारित राजनीतिक माध्यमबाट समाधान खोजिनु जरुरी रहेको बताए ।

जोर्डनका राजा अब्दुल्ला द्वितीयले देशहरूले कोभिड–१९ को महामारीका साथै विश्वव्यापी चुनौतीको सामना गर्न विश्वका सबै जनताको हितको रक्षा गर्नुपर्ने र आतङ्कवादविरुद्ध एक हुनुपर्नेमा जोड दिए । -सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका