१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ ।

Advertisement

ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ । बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन् ।

तास्मानियाका अधिकारीहरूले ‘प्राणी जीवित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् । “पानीमा जीवितै रहँदासम्म हामीसँग आशावादी हुने अवस्था रहन्छ । तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले बताए ।

त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए ।तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पु¥याउन सुरु गरेका थिए । तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ । -एएफपी

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा