ताजा अपडेट »

पहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलको आर्थिक सहयोग

विहीबार, ०८ असोज २०७७, १४ : २७
6 Shares

बुटवल । बाढीपहिरोका कारण प्राकृतिक विपत्तीमा परेका बागलुङका बाढीपहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले पोर्चुगलमा आर्थिक संकलन गरेर जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिका तथा तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई ९ लाख ४० हजार ७ सय ८४ रुपैयां नगद सहयोग गरेको हो ।

बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भई आपतविपद्मा परेकालाई थोरै मात्र भएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले सहयोग स्वरुप नगद रकम प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले बताए । पोर्चुगलमा आर्थिक सकंलन अभियान नै सञ्चालन गरेर संकलन गरिएको उक्त रकम मंगलबार एक कार्यक्रमका बिच बाढीपहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।

सहयोग रकम मध्ये ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई ८ लाख रुपैयां र जैमिनी नगरपालिकाका पीडितलाई १ लाख रुपैयां प्रदान गरिएको छ भने तमान र निसिखोला गाउँपालिकाका ५ घरपरिवारलाई ४० हजार रुपैया प्रदान गरिएको छ ।

जसअन्तर्गत ढोरपाटन नगरपालिकाका २३ जना मृतकका परिवारलाई ९ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७३ घरपरिवारलाई ८ हजार रुपैयांका दरले सहयोग रकम हस्तान्तरण गरिएको खड्काले जानकारी दिए ।

यस्तै जैमिनी नगरपालिकाका ३ जना मृतकका परिवारलाई १५ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७ घरपरिवारलाई ९ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ । सहयोग रकम तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री घमबहादुर थापाको समन्वयमा हस्तान्तरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।