२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

किभ । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिएका थिए ।

Advertisement

एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथ ग्रहण समारोह “गोप्य” रुपमा गरिएको र त्यो नौटंकी मात्र रहेको बताए । धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोर्याएका छन् । राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ । ६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिएका थिए । त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्व सोभियत युननिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा छन् । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गरेका थिए । उनकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा छन् । उनले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताउएका छन्उ नका दशौं हजार समर्थकहरुले छ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।उनले भनेका छन्, “जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन् । सपथ ग्रहण कार्यक्रम नौटंकी मात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र हो ।”

लिथुआनियाको राजधानी भिल्न्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेत्री स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गरे । उनले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताए । युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ । एपी

प्रतिकृया दिनुहोस्

Flash News

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने, ग्यास पाइप विस्तार गर्न परामर्श कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण