ताजा अपडेट »

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

विहीबार, ०८ असोज २०७७, १३ : ५०
4 Shares

न्युयोर्क । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पु¥याउन त्यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए । राष्ट्रपति असरफ घानीले भने–‘हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।’

हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको छ उनले भनेका छन् । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।