ताजा अपडेट »

'दशैं-तिहार नजिकिँदै गर्दा छैन कुनै हर्ष'

विहीबार, ०८ असोज २०७७, १३ : २३
8 Shares

बुटवल । विश्व यतिबेला कोरोना भाइरसको कारण चपेटामा छ । नेपालमा पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि गरिएको लकडाउन ६ महिना पछि खुलेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रमा प्रशस्त समस्या र चुनौती थपिएका छन् । चाडपर्व पनि भित्रिसकेको छ तर धेरैका मनमा हर्ष छाउन सकेका छैनन् । खुसी बसाइँ सरेर अन्तै गएजस्तै भएका छन् ।

देशको विषम परिस्थितिमा समेत श्रीनगर फिल्मस् प्रोडक्सन प्रा.लि.ले चिरन बरालको गीत, संगीत र स्वरमा छैन कुनै हर्ष बोलको दशैं, तिहार गीत बजारमा ल्याएको छ । गीतमा उमेर ढल्कै गएको, सन्तानहरुले छाडेर देश परदेश गएको र अन्तिममा सम्पत्ति, समाज छाडेर वृद्धाश्रम जानुपर्ने बाध्यकारी अवस्था कसरी देशमा आइरहेको छ भन्ने कुराको तीतो तर सत्य सूचना गीत मार्फत सम्प्रेषण गरिएको छ । देशमा रोजगारको अभाव, युवाहरु परदेश पलायन, परदेश गएका युवाहरु घरबारभन्दा आफ्नै मोजमस्तीमा रम्न थालेको, दुःख पर्दा घरपरिवारलाई बिर्सिदै गएको कुरालाई गीत मार्फत चिरनले प्रष्ट पारेका छन् ।

मनीष पन्थको छायाँकन, निर्देशन, सम्पादन रहेको उक्त गीतले बुटवलमा उत्कृष्ट गीतहरु बुटवलमै रेकर्डिङ्ग हुने मात्र होइन भिडियो समेत यही निर्माण हुन सक्छ भन्ने गतिलो सन्देश दिएका छन् । यतिबेला लकडाउनका कारण फिल्म हलहरु सञ्चालन हुन सकेका छैनन । कलाकारहरु कामविहिन भएका छन् । संसारका दर्शकहरुले हेरेर मनोरञ्जन लिइरहेका छन् । कलाकारका कला मर्न दिएको छैन, पैसाको समस्याले गीत रेकर्डिङ्ग गर्न नसक्ने र म्यूजिक भिडियो बनाउन नसक्नेहरुलाई सो युटूव च्यानलले सहयोग गर्दै विषम परिस्थितिमा समेत सांस्कृति उत्थानका कामहरुलाई सक्दो सहयोग पुराएको छ ।

छैन कुनै हर्ष गीतमा मुख्य पात्रका रुपमा चिरन बराल, निरज खनाल, शान्तराम गिरी, धु्रव घिमिरे, शेरबहादुर क्षेत्री, सागर, प्रदीप, शिभा बराल, स्वभाव पन्थ, मेनुका थापा, ललिताले बेजोड अभिनय गरेका छन् । गीतको एरेन्ज र रेकर्डिङ्ग गर्ने काम नरेश पाण्डेले गरेका छन् ।

https://youtu.be/vxL_itRVmWo
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।