ताजा अपडेट »

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

बुधबार, ०७ असोज २०७७, १६ : ०१
6 Shares

काठमाडौँ राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।

कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।

लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, माहामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुप¥यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिए ।

प्रतियोगितामा सहभागीले बढीमा तीन फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिए । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।