ताजा अपडेट »

१९ वर्षिया तेरियाका १९ तस्विर

बुधबार, ०७ असोज २०७७, १९ : ३६
14 Shares

तेरिया फौजा मगर, चर्चित नाम हो । जो सानैमा राष्ट्रियस्तरमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमै चर्चामा आउन सफल सेलिब्रेटी हुन् । भारतीय टेलिभिजन जिटिभिबाट प्रसारण हुने रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जित्दा उनी मात्रै १३ वर्षकी थिइन् । हाल उनी १८ वर्ष पुगी सकेकी छन् । गत अगष्टबाट १९ वर्षमा लागेकी उनले आफू १८ वर्ष पुगेको विश्वास नलागेको भन्दै आफ्नो फेसबुक पेजमा पोष्ट गरेकी थिइन् ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा जन्मिएकी उनी भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डिआइडि लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेपछि विश्वसामू चिनिएकी हुन् । तेरिया भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने रियालिटी शो ‘झलक दिखला जा–९ को विजेता पनि हुन् । उनी देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आएकी छन् । निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छन् ।

बुटवल स्थित बागेश्वरी संगितालयमा नृत्य प्रशिक्षण लिएकी उनी सोही संगितालयबाट सो प्रतियोगितामा सहभागी भएकी थिइन् । कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभाकै कारण तेरियाले लाखौं दर्शकको मन जित्न सफल भएकी छन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका केही तस्वीर यस्ता रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।