ताजा अपडेट »

तिलोत्तमा-१२ मा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास

बुधबार, ०७ असोज २०७७, १३ : ०९
12 Shares

बुटवल । तिलोत्तमा नगरपालिका–१२ भाँटामा निर्माण हुन थालेको आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास भएको छ । नगरपालिकाका सबै वडाहरुमा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुरुप बुधबार आधारभूत स्वास्थ्य केन्द्र भवनको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले शिलान्यास गरेकी हुन् ।

यो भवनको चालु आर्थिक वर्षमैं निर्माण पूरा हुनेछ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तोकिएको मापदण्ड र गुणस्तरअनुसार भवन निर्माणको लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, टोल विकास संस्थालगायत सबै पक्षको रचनात्मक निगरानी र सहयोग अपरिहार्य रहने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।