ताजा अपडेट »

बुटवल-पाल्पा र गोरुसिङ्गे-सन्धिखर्क सडक खण्ड अवरुद्ध

बुधबार, ०७ असोज २०७७, १२ : ४२
6 Shares

बुटवल । मँगलबारदेखि परेको निरन्तरको वर्षाले प्रदेश ५ का विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खोल्ने क्रम जारी रहेको छ । यसै बीच सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको दहमा बाटो खुलेको केही समयमा नै पुनः अर्को ठाउँ डुम्रेमा अवरुद्ध भएको छ । प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलको जानकारी अनुसार मध्यान्न १२ बजे तानसेन नगरपालिका–८ डुम्रेमा पहिरोले सडक पुरिएपछि अवरुद्ध बनेको हो । माथीबाट पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउन नसएिको प्रहरीले जनाएको छ ।

यसैगरी आजै विहान अवरुद्ध बनेको तिनाउ–५ कालीमाटीमा ढुँगासहित झरेको पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी मात्रै खुला रहेको छ । उता गोरुसिङ्गे सन्धिखर्क सडक पनि अवरुद्ध बनेको छ । सन्धिखर्क नगरपालिका–६ दहखोलमा पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रदेशका अन्य सडकहरु भने सुचारु रहेको प्रहरीले जनाएको छ ।

मँगलबारदेखि मनसुन सक्रिय, प्रदेशका अधिकांश ठाउँमा वर्षा
मंगलबारदेखि पुनः सक्रिय भएको मनसुन बुधबार प्रदेश ५ सहित देशका अधिकांश भागमा सक्रिय हुँदै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश ५ को तिनाउ, वाणगंगा, पश्चिम राप्ती, बबईलगायतका नदीहरुमा बहाव बढ्दै जाँदा सचेत रहन आग्रह गरिएको छ । प्रदेश ५ का पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम, प्युठान र दाङका खोलाहरुमा पनि बाढीको सम्भावना रहेको भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । यस्तै बुधबार राती पनि देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सबै प्रदेशका थोरै/थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।