ताजा अपडेट »

प्रदेश ५ मा सवारी दुर्घटना बढ्यो, एकैदिन ९ घटना

बुधबार, ०७ असोज २०७७, १३ : ४०
4 Shares

बुटवल । लामो तथा छोटो दुरीका सवारीका साधनहरु सञ्चालनमा आएसँगै सवारी दुर्घटनामा वृद्धि भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले जानकारी गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा प्रदेश ५ का विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी १६ जना घाईते भएका छन् ।

रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाईते
रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ योगिकुटीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । बा२१च ३८६३ नंम्बरको स्कारपियोले लु२९प १००८को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सैनामैना नगरपालिका ९ का ३० वर्षीय सुवास गौतम र पछाडी सवार बागलुङ्का ३० वर्षीय अजुर्न कुँवर घाईते भएका हुन् । स्कारपियो, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देहीको कञ्चन गाउँपालिका ५ अस्नैयामा लु२४प ९६५८ नंम्बर को स्कुटरले दुई वटा साईकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्कुटर चालक कञ्चन १ गजेडीकि १८ वर्षीय साहिल दर्जि रहेका छन् । यस्तै स्कुटर पछाडी सवार सोही ठाउँर्क १९ वर्षीय पुरन पुन पनि रहेका छन् । साईकल यात्री सोही ठाउँकै ३१ वर्षीय कमला नेपाली, अर्को साइकल यात्री सोही ठाउँकै १७ वर्षीएय किशोरी र साईकल पछाडी सवार १३ वर्षीइ बालिका पनि घाईते भहेकी छिन् । घाइतेहरुको बुटवल हस्पिटल प्रा।लिमा उपचारपछि डिस्चार्ज भएका छन् । स्कुटर नियन्त्रणमा लिएको र ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

दाङमा ३ जना घाइते
दाङको तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा मोटरसाइकल र स्कारपियो एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मान बहादुर वली घाईते भएका छन् । घोराहीदेखी तुलसीपुरतर्फ आउँदै गरेको रा३प ६३७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा११च ५८२३ नंम्बरको स्कारपियो एक आपसमा ठोक्किदा घाइते भएका वलीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । दुवै सवारी साधन र स्कारपियो चालक प्रहरीले नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय तुलसीपुरबाठ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै दाङ घोराही उपमहानगरपालिकामा १७ कर्जाईमा रा ४ प ३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा २ बालिका घाइते भएका छन् । घाइतेहुनेहरुमा सोहि ठाउँकै स्यानी चौधरीको छोरी वर्ष ७ की बालिका र सोही ठाउँकै शंकर प्रसाद चौधरीको छोरी बर्ष ८ की बालिका रहेका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा एक जना घाइते
कपिलवस्तुको वाणगंगा नरपालिका १ जितपुरमा मोटरसाइकलले पैदययात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । लु ४० प ५८७९ नंम्बरको मोटरसाइकलले शान्तिटोल बस्ने ६० वर्षीय सुर्यबहादुर शाहीलाई ठक्कर दिँदा घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचार भईरहेको छ । मोटरसाइकल र चालक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पिपरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बाँकेमा प्रहरी हबल्दारसहित ३ जना घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ पनेरीयामा भगवानपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे ४ प ९८१५ नम्बरको मोरसाइकलको ठक्करबाट सोही ठाउँकै जनक थारुको ७ वर्षकी छोरी घाइते भएकी छिन् । उनको नर्सिंङहोम नेपालगंजमा उपचार भई रहेको र चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका १ कुशुमबजारमा ना ५ ख ७९६ नंम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु ९८ प ६४३१ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङको घोराही उपमहानगरपालिका १२ का ३४ वर्षीय प्रयास लम्साल गम्भीर घाइते भएका छन् । गाडी र चालक नियन्त्रणमा लिएको र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ गुलरिया बसपार्कमा बर्दियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी हबल्दार घाइते भएका छन् । भे ७ प ३९८० नम्बरको मोटरसाइकललेले ठक्करबाट ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँके दरबन्दी भई हाल यस जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दाङको बङ्गलाचुली गाउँपालिका ४ का ३७ वर्षीय प्रहरी हबल्दार चोकराज पुन घाइते भएका हुन् । उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भईरहेको र मोटरसाइकल र चालकलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

बर्दियामा २ जना घाइते
बर्दिया राजापुर नगरपालिका ८ धोबिनिपुरमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइतेहुनेहरुमा सोही ठाउँकै १६ वर्षीय एक बालक र ५९ वर्षीय छेदुवा थारु रहेका छन् । मोटरसाइकल, चालक र सवारलाई प्रहरीले नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय राजापुरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश ५ मा सोमबार छुट्टाछुट्टै ठाउँमा गरि ६ सवारी दुर्घटना परेका थिए । जसमा २ को मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।