११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन पोर्टलका अनुसार, ०७७ जेठ ३० गतेदेखि असोज ५ गतेसम्मको अवधिमा यतिको मानवीय क्षति भएको हो । ती जिल्लाहरूमा बाढीपहिरो र डुबानका ५२८ वटा घटना भएका छन् ।

Advertisement

बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि एकसय जना बेपत्ता छन् । २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार १७८ घरपरिवार प्रभावित हुनका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । १०५ गोठ भत्किँदा ६१५ चौपायाको मृत्यु भएको छ ।

विपद व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपदबाट करिब आठ करोड ८३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको जानकारी दिइन् । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

उनका अनुसार, सिन्धुपाल्चोकमा बाढीपहिरो मात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ जनाको ज्यान गएको छ । ३८ जना बेपत्ताको अवस्थामा छन् । १३१ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै, कालिकोट ३९, बाग्लुङ्ग ३३, म्याग्दीमा २९, पर्वतमा १०, तनहुँ १३, कास्की ११, जाजरकोट ११, गुल्मी १०, बझाङ नौ, अछाम नौ, दार्चुला सात, लमजुङ चार, धादिङ पाँच, स्याङजा पाँच, पाल्पा पाँच, रुकुम पश्चिम पाँच, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुई जनाको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर,सल्यान र मुस्ताङ एक–एकजनाको मृत्यु भएको छ।-गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता