१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022


इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताएका छन् । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भुसालको भनाइ छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा चियाको व्यापार चिन्ह ९ट्रेडमार्क० विभिन्न चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा गर्न र गुणस्तर कायम गर्न सहज हुने बताए ।

Advertisement

उनले मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानका लागि कृषि क्षेत्र मुख्य रहेको जानकारी दिए । “हामीले समृद्धिको दिशामा फड्को मार्नका लागि कृषि मुख्य क्षेत्र हो” मन्त्री भुसालले भने,“अबको तीन वर्षमा कृषिमा भएको दलाल पूँजीवादलाई समाप्त पार्छौैं ।” उनले चिया उद्योग टिकाउनका लागि आर्थिक सहुलियत दिने बारेमा छलफल भइरहेको जानकारी गराए । उनले अब राज्यले व्यक्तिगत रूपमा दिइने अनुदानका कार्यक्रमलाई रोकेर सामूहिक र संस्थागत अनुदानलाई प्राथमिकता दिइने बताए ।

सो अवसरमा ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो इलाम र झापाका १२ वटा उद्योगलाई हस्तान्तरण गरिएको थियो । यस्तै गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् । जस्बिरे टी स्टेट, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटलगायतका चिया प्रशोधन उद्योगलाई लोगो हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेको आवासगृहमा तोडफोड तिलोत्तमाको मेलामा राजु परियार र गायिका आशाको प्रस्तुती रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई