ताजा अपडेट »

रुपन्देहीमा थपिए ५५ संक्रमित, कुन पालिकामा कति ?

मंगलबार, ०६ असोज २०७७, १९ : २२
8 Shares

बुटवल । रुपन्देहीमा मंलगबार ५५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १९ जना महिला र ३६ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार १२७ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा ३३ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना र तिलोत्तमा नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।  रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ३३९जना संक्रमित निको भएका छन भने ७८८ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।