ताजा अपडेट »

तुलसीपुरमा ७ महिने बालक सहित थप २१ जनामा कोरोना संक्रमण

मंगलबार, ०६ असोज २०७७, १९ : ०७
4 Shares

तुलसीपुर । तुलसीपुरमा एकै दिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका ७ महिने बालक सहित तुलसीपुर उपमहानगरपालिका ३ जना कर्मचारी, ईन्टरनेट वल्र्ड लिंकका ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

गएको शुक्रवार तुलसीपुरका कर्मचारी, ईन्टरनेटका कर्मचारी, क्वारेन्टाईनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा ८४ जनाको नमुना स्वाव संकलन गरि घोराही पठाईएको थियो । ती सवैको कोरोना पपरिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का ४ बर्षिय बालक र २४ बर्षिय पुरुष र २३ बर्षिया महिला, वडा नम्वर २ का ३१, २५ वर्षका दुई पुरुष र ६१ बर्षिया महिला , वडा नम्वर ३ का ५८ बर्षिय पुरुष र ७, १४ बर्षिया बालिका र २५ बर्षिया महिला , वडा नम्वर ५ का ५०, २२, २५ बर्षका पुरुष र २५,२७ बर्षिया महिला, वडा नम्वर ६ का २८, १२, ३१ बर्षिय पुरुष,वडा नम्वर ८ का २९ बर्षका पुरुष र १० बर्षिया बालिका र वडा नम्वर ११ का ७ महिने बालक रहेको फोक पर्सन केसीले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमित मध्ये तुलसीपुर उपमहानगरपालिका ३ कर्मचारी, वल्र्ड लिंकका ३ जना कर्मचारी, क्वारेन्टाईनका ८ जना र कन्ट्याक्ट ट्रेसिङका ७ जना रहेका छन् । यो संगै तुलसीपुरमा संक्रमितको संख्या २०१ जना पुगेको छ भने हाल सक्रिय संक्रमितको संस्था ५६ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।