ताजा अपडेट »

भावुक मनका ईश्वर

मंगलबार, ०६ असोज २०७७, २० : ००
18 Shares

ईश्वर श्रेष्ठ नेपाल बडी बिल्डिङ खेल क्षेत्रमा चिर परिचित नाम हो । उनि वि.सं. २०२५ साल काठमाडौंको वोटुटोलमा जन्मिएका थिए । उनका सहोदर दाजु विशेष श्रेष्ठ मार्शल आर्टका राम्रा खेलाडी थिए । दाजु कै प्रेरणामा पहिला घरमै व्यायाम गर्न शरुवात गरे । पछि उनि २०४२ साल तिर काठमाडौंको नरदेवीमा रहेको नेट जिममा जान थाले । शारीरिक सुगठनका पुराना अग्रज खेलाडी बिजयलाल कायास्थालाइ श्रेष्ठ आफ्ना गुरु मान्दछन् ।

गुरुको कुशल प्रशिक्षणमा उनले व्यायाम गर्न थाले । २०४३ त्यही कल्बबाट उनले आफ्नो पहिलो शारीरिक सुगठन प्रतियोगिता खेले । २०४३ सालमा चितवनमा भएको छैठौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा आयोजना हुने थाहा पाएर त्यसका लागि तयारी शुरु गरे । उति बेलासम्म हुने शारीरिक सुगठन खेलका राष्ट्रिय प्रतियोगिताहरुमा राजधानी बाहिरका खेलाडी कम भएकाले नेपालको सबैभन्दा पुरानो व्यायामशाला नेपाल व्यायाम मन्दिरका खेलाडीहरु कै वर्चश्व रहने गरेको उनले बताए ।

अञ्चलबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा खेल्ने प्रावधान रहेकाले बागमती अञ्चलबाट व्यायाम मन्दिरका खेलाडीहरु जाने निश्चित भए पछि, गुरु बिजयलाल कायास्थको सल्लाह बमोजिम नेट जिमका इश्वर श्रेष्ठ, राजेन्द्र तुलाधर र बासु श्री लगायतका खेलाडीहरु नारायणी अञ्चलबाट खेल्ने निधो भयो । सो प्रतियोगितामा ईश्वरले ६५ के जी तौल समुमका कास्य पदक हात परे । नेट जिमका अन्य खेलाडीहरुले पनि पदक जिते । त्यो प्रतियोगिता पछि पनि व्यायाम मन्दिर र नेट जिमका खेलाडीहरु वीचमा निकै रस्सा कस्सी चल्ने गरेको ईश्वर बताउँछन् ।

वि.सं. २०४५ सालमा दाङ्गमा भएको सातौ राष्ट्रिय प्रतियोगितामा उनि आफ्नो बजन समुह ६५ केजीमा रजत पदक जित्न सफल भए । ४६ सालमा धनगढीमा सम्पन्न आठौ राष्ट्रिय प्रतियोगितामा उनि मिष्ट्रर नेपालको उपाधि जित्न सफल भएका उनि बताउँछन् । त्यस पछि नेपाल व्यायाम मन्दिरका तत्कालिन अध्यक्ष सरोज श्रेष्ठले उनलाइ नेपाल व्यायाम मन्दिरमा आउन आग्रह गरे । त्यस पछि उनि नेपाल व्यायाम मन्दिरबाट खेल्न थाले ।

वि.सं. २०४९ सालमा काठमाडौं र ५१ सालमा धरानमा भएको नवौ र दशौं लगातर उनि मि नेपाल भए । काठमाण्डौ जेसिसको आयोजनामा वि.सं. २०४९ सालमा भएको मि काठमाडांै खुल्ला शारीरिक सुगठन प्रतियोगितामा उनि र ज्ञानेज्द्र नकर्मी वीच उपाधिका लागि कडा भिडन्त पर्यो । ज्ञानेज्द्र नकर्मी उपाधि जित्न सफल भए भने उनले मोष्ट मस्कुलर बेष्ट आर्म्स बेष्ट बेष्ट व्याक आफुले जितेको उनि बताउँछन् । त्यहि वर्षमा कुसुम स्पोट्स क्लबको आयोजनामा काठमाडौंमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिता भएको थियो ।

जसमा प्रमुख अतिथीका रुपमा सर्वमान्य नेता गणेशमान सिहको उपस्थिती थियो । श्रेष्ठले यस प्रतियोगितामा ६५ के जी तौल समुहमा प्रथम हुदै अन्तिम चरणमा सबै खेलाडीलाइ पछि पार्दै ःबल या क्तचयलन एजथकष्त्रगभ को उपधि जितेर गणेशमान सिहको हातबाट ५ हजार नगद पुरस्कार पाएको उनि गर्वका साथ संझन्छन् । नेपालमा नगद पुरस्कार राखिएको यो नै पहिलो पुरस्कार भएको उनको दावि छ । त्यहि बेला चर्चित अमेरिकन फ्ल्याक्स पत्रिकाले उनको बारेमा उल्लेख गर्दै नेपालका आर्नल्ड भनेर छापेको अतितका पाना केलाउँदै उनले सुनाए। "उति बेला हुने प्रतियोगिताहरुमा मेरो समकालिन प्रतियोगीहरुको ठुलो चासो मैले भाग लिन बजन समुह हुन्थ्यो सकभर मसंग भिड्न नपरोस् भनेर भन्ने गर्थे," अनुहार उज्यालो बनाउँदै भने । २०५० सालमा सिंगापुरमा २९ औ एशियालि शारीरिक सुगठन प्रतियोगिता हुने भएछ ।

नेपालले त्यति बेलासम्म शारीरिक सुगठन खेलबाट अन्तराष्ट्रिय पदक भित्र्याउने अवसर पाएको थिएन । उति बेलाको तीन पटक लगातारको मिष्टर नेपाल उपाधि बिजेता आफु भएकाले पदक ल्याउने हिसाबले उनले कडा तयारी शरु गरे । पछि तत्कालिन संघका प्रतिनिधीले खेल्न जाने खेलाडीको टोली तय गर्दा ईश्वरको नाम समावेश भएन । यस घटना उनलाइ निकै मर्माहत तुल्यायो । अबदेखि कुने प्रतियोगिता नखेल्ने र जिम समेत नजाने निष्कर्शमा उनि पुगे । मन कुडिएकोले लामो समय सम्म जिम फर्किएनन् । फेरि ५३ सालमा भारतको नयां दिल्लीमा ३२ औ एशियालि शारीरिक सुगठन प्रतियोगिताको खेल्न जाने टोलीमा उनि परे। सामान्य मात्रको तयारीमा उनले त्यस गेममा सहभागि बनेको उनले बताए । त्यस पछि लामो समय उनि लण्डन तिर अध्ययनका लागि गए ।

बेलायतको रमझमले समेत उनको दुखेको मनमा मलहम लगाउन सकेन् । उनी होटल म्यानेजमेन्टको डिप्लोमा सकेर नेपाल फर्किए । साथीहरु अनुरोधमा राष्ट्रिय निर्णायकको लाइसेन्स लिएर शारीरिक सुगठनका प्रतियोगिताहरुमा निर्णायकका रुपमा काम गर्न लागे । विश्व शारीरिक सुगठन तथा फिजिक्स फडरेशनबाट २०७१ तिर उनले र सुनिल राजकर्निकारले नेपालमा पहिलो पल्ट अन्तराष्ट्रिय निर्णायक लाइसेन्स प्राप्त गरे । यस पछि मुलुक भित्र तथा बाहिर हुने धेरै खेलमा उनले निर्णायकका रुपमा सहभागी भई निर्णय सुनाए ।

आफु शारीरिक सुगठन खेलको आधार स्तम्भ नेपाल व्यायाम मन्दिरको कोषाध्यक्ष र नेपालमा शारीरिक सुगठन तथा फिटनेस संघको कार्य समितिमा बसेर समेत महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताए । उनको योगदानको कदर स्वरुप नेपाल व्यायाम मन्दिर, नेपालमा शारीरिक सुगठन तथा फिटनेस संघ लगायतका संस्थाहरु तथा विश्व शारीरिक सुगठन तथा फिजिक्स फडरेशनबाट सम्मान स्वरुप रजत पदक प्राप्त गरिसकेको उनि बताउँछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार